images

Jun 03 2024 | २०८१, जेठ २१ गते

इजरायली-प्यालेस्टाइन युद्ध : हमास लडाकुको असाधारण आक्रमण

इजरायली-प्यालेस्टाइन युद्ध : हमास लडाकुको असाधारण आक्रमण

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
  • इजरायली-प्यालेस्टाइन युद्ध : हमास लडाकुको असाधारण आक्रमण

    काठमाडौं । इजरायली सेना र प्यालेस्टाइन विद्रोही समूह हमासबीच लडाइँ जारी छ । हमास लडाकुहरु इजरायली भूमिमा पसेर आक्रमण गर्दा एक सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । यसैगरी इजरायलको जवाफी आक्रमणमा परी करिब २०० प्यालेस्टाइनीको मृत्यु र एक हजार बढी घाइते भएको विवरणहरु सार्वजनिक भएका छन् ।

    images
    images

    यो लडाइँको चपेटमा इजरायलमा रहेका नेपालीहरु पनि परेका छन् । परराष्ट्र मन्त्रालयले शनिबार बेलुका दिएको जानकारीअनुसार हमासले गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते छन् ।

    उनीहरु बंकर मुनि छिरेर ज्यान जोगाइरहेका छन् र सरकारलाई छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।शनिबार एक्कासी इजरायलको गाजापट्टीमा हजारौं रकेट आक्रमण भएका थिए ।

    इजरायली सेनाले प्यालेस्टिनी चरमपन्थी समूह हमासले ठूलो संख्यामा इजरायली नागरिक र सैनिकलाई बन्धक बनाएको जनाएको छ।

    इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कोनरिकसले हमासले बन्धक बनाएकामा महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्ति रहेको बताएका छन् । तीमध्ये केही जीवित छन् तर केही मरेको आशंका गरिएको छ ।

    सामाजिक सञ्जाल प्लेटफर्ममा यस्ता धेरै भिडियोहरू भाइरल भइरहेका छन्, जसमा इजरायली बन्धकहरू हमासको चरमपन्थीको कब्जामा रहेको बताइएको छ।

    बीबीसीले एउटा भिडियो पोस्ट प्रमाणित गरेको छ जसमा एक ट्रक गाजा पट्टीमा भीडबाट गुज्रिरहेको देखाइएको छ। यसमा इजरायली बन्धक रहेको विश्वास गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट