images

Sep 29 2026 | २०८३, असोज १३ गते

डिशहोम परीवारले नेपाली खेलाडीहरुको हौसला बढाउदै घोषणा गर्‍यो २० लाख सम्मको नगद पुरस्कार 

डिशहोम परीवारले नेपाली खेलाडीहरुको हौसला बढाउदै घोषणा गर्‍यो २० लाख सम्मको नगद पुरस्कार 

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १५ २०८०
  • डिशहोम परीवारले नेपाली खेलाडीहरुको हौसला बढाउदै घोषणा गर्‍यो २० लाख सम्मको नगद पुरस्कार 

    काठमाडौँ । डीटीएच, इन्टरनेट तथा आईपीटिभी सेवाप्रदायक डिशहोमले आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरूलाई नगद पुरस्कारको घोषणा गरेको छ ।

    यस अनुसार एकै खेलमा शतक र पाँच विकेट लिने खेलाडीलाई डिशहोमले २० लाख रुपैयाँ दिने भएको छ । त्यस्तै शतक प्रहार गर्ने खेलाडीले १० लाख र एकै खेलमा पाँच विकेट लिने खेलाडीले पाँच लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै अर्धशतक बनाउने खेलाडीले एक लाख, कम्तीमा तीन विकेट लिने खेलाडीले एक लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा तीन क्याच वा स्टम्पिङ गरे ५० हजार रुपैयाँ पाउने कम्पनीले जनाएको छ । 

    काठमाडौंमा जारी उक्त प्रतियोगितामा नेपाल सेमिफाइनल पुगिसकेको छ । समूह विजेताका लागि भोलि नेपालले ओमनसँग खेल खेल्दैछ । नेपाली क्रिकेट खेलाडीहरूका हरेक रन, हरेक विकेट र हरेक माइलस्टोनलाई सम्मान गर्दै हरेक इनिङमा नेपाली खेलाडीहरूको हौसला बढाउन नगद पुरस्कारको घोषणा गरिएको डिशहोमले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट