images

Sep 29 2026 | २०८३, असोज १३ गते

‘गुलाफ’को पहिलो मञ्चन नेपालमा

‘गुलाफ’को पहिलो मञ्चन नेपालमा

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
  • ‘गुलाफ’को पहिलो मञ्चन नेपालमा

    काठमाडौँ । नाटक ‘गुलाफ : यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु हुने भएको छ । आज मण्डला नाटकघर थापागाउँमा यस नाटकको पहिलो मञ्चन (वल्र्ड प्रिमियर) भएपछि यसको यात्रा युरोपका सहरहरुमा हुने परिकल्पनाकार तथा निर्देशक रामहरि ढकालले जानकारी दिए।

    “यो नाटक फिजिकल थिएटर विधामा रहेर तयार पारिएको छ, यसमा संवाद छैन, तर दृश्यमार्फत कथा प्रस्तुत गर्नेछौँ”, निर्देशक ढकालले भने, “सामान्यतया नाटकहरुको वल्र्ड प्रिमियरको सन्दर्भ जोडिँदैन तर यो नाटक नेपालबाहिर पनि मञ्चन निश्चित भएकाले यस्तो भनेका हौँ ।”

    विगत दुई दशकभन्दा बढी समयदेखि रङ्गक्रममा रहनुभएका निर्देशक ढकालले यसको अङ्ग्रेजी नाम ‘द रोज : एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको बताए । यस नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ । ‘गुलाफ’को मञ्च नाटक घरको बीचमा तयार पारिएको छ । त्यसमा मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्नेछन् । एक शोमा ६४ जनाले मात्र प्रवेश पाउनेछन् ।

    सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरुको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।

    नाटकमा यशोधराका रुपमा कलाकारहरु दीया मास्के र सरिता साह प्रस्तुत हुनेछन् । ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एन्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड र फुक नोले सहयोग गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट