images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’  गीतसङ्ग्रह प्रकाशित

प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’  गीतसङ्ग्रह प्रकाशित

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
  • प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’  गीतसङ्ग्रह प्रकाशित

    काठमाडौँ । गीतकार डा हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ (कस्ता रमाइला मेरा प्रिय)  प्रकाशन भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटिएको छ । ॐ प्रकाशन दिल्लीले प्रकाशन गरेको कृतिका रहेका दुई सय  गीत प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् र प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको जिकिर गरिएको छ ।

    गीतकार डा खतिवडा भन्छन्, “प्रेम सतही विषय नभई यसको आफ्नै दर्शन छ ।  प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।” सङ्ग्रहमा रहेका गीतमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलन भएको बताइएको छ । 

    कृतिमा  चार गीत नेपालसँग सम्बन्धित पनि छ, जसले गौतम बुद्ध, मुस्ताङको सेरोफेरो, नेपाली संस्कृति र जनजीवनलाई समेटेको प्राकृतिक चिकित्सक पनि रहेका गीतकार खतिवडाले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट