Aug 12 2026 | २०८३, साउन २७ गते

आफ्ना नागरिकलाई लेबनन छाड्न पश्चिमा देशहरूकाे आग्रह

आफ्ना नागरिकलाई लेबनन छाड्न पश्चिमा देशहरूकाे आग्रह

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २० २०८१
  • आफ्ना नागरिकलाई लेबनन छाड्न पश्चिमा देशहरूकाे  आग्रह

    बेइरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध हुने 'कुनै टिकट लिएर' तत्काल लेबनन छाड्न आग्रह गरेको छ।

    images

    ब्रिटिश विदेशमन्त्री डेभिड ल्यामीले त्यस्तै चेतावनी दिइसकेका छन्। उक्त क्षेत्रमा द्वन्द्व बढ्नसक्ने आकलन गरेर यूके र अमेरिकाले आफ्ना नागरिकहरूलाई सचेत गराएका हुन्।

    ब्रिटिश विदेशमन्त्रीले मध्यपूर्व क्षेत्रको अवस्था 'एकदमै तीव्र रूपमा बिग्रन सक्ने' बताएका छन्।

    गत बुधवार तेहरानमा हमासका प्रमुख इस्माइल हानियाहको हत्याको इजरेलसँग कडा बदला लिने इरानले चेतावनी दिएको छ। इजरेलले बेइरुतमा हिजबुल्लाह कमान्डर फुआद सुकरको हत्या गरेको केही घण्टापछि तेहरानमा हमास नेताको पनि हत्या भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट