images

Sep 29 2026 | २०८३, असोज १३ गते

बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ : ऊर्जामन्त्री खड्का

बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ : ऊर्जामन्त्री खड्का

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ६ २०८१
  • बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ : ऊर्जामन्त्री खड्का

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

    बूढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा आज मन्त्रालयमा आयोजित छलफलमा उनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि बूढीगण्डकी परियोजनाभित्र देखिएका समस्यालाई समाधान गर्दै तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताए।

    ऊर्जामन्त्री खड्काले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेकाले आयोजना निर्माणबाट पछाडि हट्ने कुनै ठाउँ नरहेको उल्लेख गरे । “बूढीगण्डकी परियोजना अगाडि बढाउन परेको समस्यालाई समाधान गर्दै अगाडि बढाउनुपर्छ”, उनले भने।

    उनले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने बताए । मन्त्री खड्काले बूढीगण्डकी परियोजनाजस्तै समस्यामा रहेको पञ्चेश्वर बहुउदेश्यीय आयोजनासमेतलाई अगाडि बढाउन सरकारले पहल गर्ने उल्लेख गरे ।

    बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मधुप्रसाद भेटुवालले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि लगानी मोडालिटीलाई तत्काल टुङ्गोमा लगाउनुपर्ने बताए । उनले बूढीगण्डकी परियोजनामा कार्यरत करारका कर्मचारीको समस्यासमेत समाधान गर्नुपर्ने उल्लेख गरे ।

    गोरखा र धादिङ जिल्लाका नौ स्थानीय तहलाई छुने गरी निर्माण हुन लागेको बूढीगण्डकी परियोजना एक हजार २०० मेघावाट क्षमताको रहेको छ । उक्त परियोजनाको कुल लागत रु तीन खर्ब ९८ अर्ब रहेको छ । उक्त आयोजना निर्माण हुँदा आठ हजार ११७ घरधुरी प्रभावित हुनेछन् । आयोजना प्रभावित अधिकांश बासिन्दालाई मुआब्जा वितरण गरिसकिएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट