images

Sep 29 2026 | २०८३, असोज १३ गते

एनपिएलः लुम्बिनीद्वारा विराटनगर सामु एक सय ९२ रनको लक्ष्य प्रस्तुत

एनपिएलः लुम्बिनीद्वारा विराटनगर सामु एक सय ९२ रनको लक्ष्य प्रस्तुत

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १९ २०८१
  • एनपिएलः लुम्बिनीद्वारा विराटनगर सामु एक सय ९२ रनको लक्ष्य प्रस्तुत

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्स सामु जितका लागि एक सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आजको दोस्रो खेलमा लुम्बिनीले विराटनगरलाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको हो । 

    लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७ रनको योगदान लिए । 

    लुम्बिनीका लागि आशुतोष घिरैया र साद बिन जफरले समान १५-१५ रन, सन्दीप जोराले १२, बेन कटिङले छ र रामोन सिमन्ड्सले दुई रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको छ ।
     
    विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एकरएक विकेट लिए । अहिले विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट