images

Sep 29 2026 | २०८३, असोज १३ गते

खेलाडीको विषयमा चलचित्र निर्माण हुनु गौरवको विषय : कप्तान चेम्जोङ

खेलाडीको विषयमा चलचित्र निर्माण हुनु गौरवको विषय : कप्तान चेम्जोङ

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २० २०८१
  • खेलाडीको विषयमा चलचित्र निर्माण हुनु गौरवको विषय : कप्तान चेम्जोङ

    काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल समूहका कप्तान किरण चेम्जोङले खेलाडीको विषयमा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताएका छन् । 

    सन् २०२४–२५ का लागि युरोपियन राष्ट्र ग्रिसको महिला ए डिभिजन लिग क्लबमा छनोट भएकी नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ सार्वजनिक हुनुअघि कप्तान चेम्जोङले सो कुरा बताएकी हुन् ।

    चलचित्र ‘अञ्जिला’ निर्माण समूहले आज यहाँ आयोजना गरको एक कार्यक्रममा कप्तान चेम्जोङले भने, “मैले अञ्जिला बहिनीको मेहनतलाई नजिकबाट नियालेको छु, उनको कथामा यसरी चलचित्र बन्दा निकै खुसी छु । हामी खेलाडीको कथामा आधारित भई नेपाली चलचित्र कमै बन्ने गरेको छ, आउँदा दिनमा यो बढ्ने छ भन्नेमा विश्वस्त छु । अञ्जिला बहिनीको कथाले हाम्रा धेरै चेलीलाई ‘इन्स्पाएर’ गरेर आफ्नो गन्तव्यमा अगाडि बढ्न मद्दत गर्छ भन्नेमा पनि विश्वत छु । नेपाली चलचित्रको बजार जसरी बढिरहेको छ, अब कथामा पनि विविधता आउनु जरुरी छ, निर्देशकलाई धन्यवाद भन्न चाहन्छु ।”

    आफूले कहिल्यै नसोचेको कुरा आफ्नै जिवनीमा चलचित्र बन्ने र आफैँले अभिनय गर्न पाउँदा छुट्टै अनुभव सङ्गालेको बताउँदै महिला कप्तान सुब्बाले भनिन्, “अहिले नेपाली फुटबलमा महिलाका लागि पनि राम्रो समय सुरु भएको छ । हामीले पछिल्लो समय हासिल गरेको उपलब्धिले हाम्रो मेहनतलाई सबैसामु ल्याएको छ । सबैको सहयोगले युरोपमा पहिलोपटक खेल्ने मौका पाएकी छु । यसबाट अन्य साथीहरूसमेत लाभान्वित हुनुहुनेछ भन्ने विश्वास छ ।”

    फुटबल खेलाडी एवं कप्तान सुब्बाको घर निर्माण गर्ने उद्देश्यका साथ निःशुल्क रूपमा चलचित्र निर्देशन गरेको जानकारी दिँदै ‘अञ्जिला’ चलचित्रका निर्देशक मिलन चाम्सलले यही मङ्सिर २३ गेत हङकङबाट विशेष प्रदर्शनी (प्रिमियर शो) हुने र त्यसपछि मात्र उक्त चलचित्र नेपालमा प्रदर्शनी हुने बताए।

    ‘अञ्जिला’ चलचित्रमा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन गरेको ‘अञ्जिला’ चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेको निर्देशक चाम्सले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट