images

Sep 29 2026 | २०८३, असोज १३ गते

सुदूरपश्चिमले जितका लागि पायो १६५ रनको लक्ष्य

सुदूरपश्चिमले जितका लागि पायो १६५ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २३ २०८१
  • सुदूरपश्चिमले जितका लागि पायो १६५ रनको लक्ष्य

    हसन इसाखिलको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको हो। 

    चितवनका लागि ओपनर हसन इसाखिलले बनाएको ६५ रन नै सर्वाधिक रह्यो। ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका शसन स्कट कुग्लेजिनको बलमा नरेश बुढाएरको हातबाट क्याच आउट भए। रवि वोपारा ३६ रन बनाउँदै क्याच आउट भए। १८ बलमा २ चौका र २ छक्का हानेका रवि दीपेन्द्रसिंह ऐरीको बलमा नरेन साउदको हातबाट क्याच आउट हुन पुगे।

    विपिन रावल १७ रन बनाउँदा स्कट कै बलमा सैफ जैवको हातबाट क्याच आउट भए। अर्का ओपनर सन्तोष कार्की ९ रन बनाउँदै पेभेलियन फर्के।  कप्तान कुशल मल्ल १३ रन बनाउँदा स्कटकै बलमा बोल्ड आउट भए। जान निकोल लफ्टी इटोन २ र अमर राउटेला ६ रनमा अविजित रहे। 

    सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई विकेट लिए। ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ जैवले समान एक विकेट लिए। चितवनले आजको खेलमा अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। शरद भेषावकरको स्थानमा रन्जीत कुमार र लुक वेनकेस्टाइनको स्थानमा हसन इसाखिललाई मौका दिएको छ । यता सुदूरपश्चिमले वसन्त खत्रीको स्थानमा दिलप्रित बाज्वालाई सुरुवाती ११ मा ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट