images

Sep 29 2026 | २०८३, असोज १३ गते

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
  • आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ

    काठमाडौँ । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका–५ का २६ वर्षीय अर्जुन गुरूङ, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बाट ब्राउनसुगरसहित सोही नगरपालिका–४ मैनवार का १७ वर्षीय एक किशोर, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बोकेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–३ का २२ वर्षीय सुरेन्द्र राई, चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकबाट नियन्त्रित लागुऔैषध ट्रामाडोललगायत अन्य मोनोद्दिपक औषधि र नगद रु आठ हजार ४०० सहित दुई जनालाई पक्राउ गरिएको हो । 

    यसैगरी, कैलालीको गौरीगङ्गा नगरपालिका–११ झन्झटपुरस्थित घुम्ती पसलबाट गाँजासहित चार जनालाई सोमबार साँझ पक्राउ गरिएको छ । 

    सुन जस्तो देखिने धातुका रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, एक एकथान सिक्री, औँठी  र बाला ९८ ग्राम तौलको सुन जस्तो देखिने धातुसहित काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ पक्राउ परेकी छन् । 

    थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौँ आएकी गुरूङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोही दिन साँझ पक्रा गरिएको हो । 

    चार सय २९ किलो ग्राम गाँजा बरामद

    यसैबीच, धरान उपमहानगरपालिका–६ पानमारा जङ्गलस्थित सडकबाट चार सय १० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा।१५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो । यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट १९ किलोग्राम गाँजा बरामद भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट