images

Sep 29 2026 | २०८३, असोज १३ गते

भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ

भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २१ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २१ २०८१
  • भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ

    बैतडी । भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए । 

    विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका सात राउण्ड गोली, दुई थान घोरलको छाला, दुई थान रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उनले जानकारी दिए ।

    मङ्गलबार दिउँसो विष्टको घरमा खोजतलास गर्दा भरुवा बन्दुक र जङ्गली जनावरको छाला फेला परेपछि निजलाई पक्राउ गरिएको बडूले बताए । विष्टले इजाजत बिना घरमा बन्दुक राखेको पाइएपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको उनले जानकारी दिए ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट