Aug 10 2026 | २०८३, साउन २५ गते

सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ

सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १६ २०८२
  • सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
    गण्डकी । गण्डकी प्रदेश सरकारले जारीको गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानुनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गनुपर्ने मागसहित गरिएको सार्वजनिक सवारीसाधन बन्दका कारण आज सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको छ ।
     
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीले उक्त नियमावलीको विरोधमा आजदेखि सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् । सार्वजनिक यातायात सेवा बन्द भएका कारण टाढाटाढा जानुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
     
    पोखरा ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले आफूहरुको आन्दोलनका कारण आज बिहानैदेखि आज गण्डकी प्रदेशभित्र ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा बन्द भएको बताए। उनले आजदेखि गण्डकीभित्र र जेठ १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने कार्यक्रम रहेको बताए । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट