Aug 12 2026 | २०८३, साउन २७ गते

दसैँअघि नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी निःशुल्क सञ्चालन

दसैँअघि नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी निःशुल्क सञ्चालन

एभरेष्ट हेडलाइन्स
शनिबार, असोज ४ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, असोज ४ २०८२
  • दसैँअघि नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी निःशुल्क सञ्चालन

    काठमाडौँ । चाडपर्वलाई मध्यनजर गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग दसैँअघि सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय र मन्त्रालयमातहत सडक विभागले दसैँअघि सञ्चालनमा ल्याउन निर्माण कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ । परीक्षणका रूपमा सञ्चालन गरिने भएकाले यात्रुवाहक सवारीलाई निःशुल्क प्रयोग गर्न दिइने आयोजनाले जनाएको हो । 

    images

    शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घिसिङको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवाला निकायसँग बसेको  बैठकमा  व्यवसायीहरूले दसैँअघि नै सुरुङ सञ्चालन गर्न माग गरेका थिए । 

    यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वमा सडक यात्रा सहज बनाउनका लागि आफूहरूले सुरुङ सञ्चालन गर्न माग गरेको  बताए । ‘हामीले नागढुङ्गा– सिस्नेखोला सुरुङ दसैँअघि खुलाउन माग गरेका छौँ । यस विषयमा मन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ । हामीलाई आशा छ दसैँअघि यो सुरुङ सञ्चालनमा आउनेछ ।’
    लफलमा भौतिक पूर्वाधार मन्त्रीलगायत मन्त्रालयका प्रतिनिधि, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायीमहासंघका प्रतिनिधि सहितको उपस्थित थियो । छलफलमा मन्त्री घिसिङले पनि जतिसक्दो छिटो सुरुङ सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट