images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपालबाट दैनिक १ हजार मेगावाट विद्युत निर्यात, तीन महिनामा करिब १५ अर्ब आम्दानी

नेपालबाट दैनिक १ हजार मेगावाट विद्युत निर्यात, तीन महिनामा करिब १५ अर्ब आम्दानी

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २१ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २१ २०८२
  • नेपालबाट दैनिक १ हजार मेगावाट विद्युत निर्यात, तीन महिनामा करिब १५ अर्ब आम्दानी

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ । 

    देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको प्राधिकरणका कार्यकारी मनोज सिलवालले बताए ।

    भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ।

    भारतको प्रसारणलाइनको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ ।

    भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।

    त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट