images

Sep 29 2026 | २०८३, असोज १३ गते

काठमाडौँका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री

काठमाडौँका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १९ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १९ २०८२
  • काठमाडौँका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री

    काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका छन् ।

    बुधबार सञ्चारमन्त्री खरेलले काठमाडौँको नयाँ बसपार्कदेखि शिक्षण अस्पताल, पशुपति आर्यघाट क्षेत्र हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान भएका निःशुल्क इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका हुन् ।

    उनले दुई महिनाभित्र काठमाडौंका संवेदनशील तथा अत्यावश्यक स्थानमा निःशुल्क इन्टरनेट सेवाको प्रतिबद्धता अनुसार डेढ महिनाको अवधिमा १९ वटा स्थानमा निःशुल्क इन्टरनेट सेवा सुचारु भइसकेको जानकारी दिए  ।

    स्वयम्भूको यातायात कार्यालयदेखि एकान्तकुना हुँदै भक्तपुरको यातायात कार्यालयसम्म पनि निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा उपलब्ध गराउन काम भइरहेको उनले बताए । 

    उनले सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिए ।

    सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए  । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट