images

Sep 29 2026 | २०८३, असोज १३ गते

काठमाडौँ महानगरबासीलाई डिजिटल साक्षरता तालिम, साइबर सुरक्षादेखि भ्रामक सूचनाबाट बच्न सिकाइने

काठमाडौँ महानगरबासीलाई डिजिटल साक्षरता तालिम, साइबर सुरक्षादेखि भ्रामक सूचनाबाट बच्न सिकाइने

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १० २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १० २०८२
  • काठमाडौँ महानगरबासीलाई डिजिटल साक्षरता तालिम, साइबर सुरक्षादेखि भ्रामक सूचनाबाट बच्न सिकाइने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ । महानगरको सूचना प्रविधि समितिले महानगरबासीलाई विद्युतीय सेवा सम्बन्धी काम गर्नसक्ने बनाउने र यस्ता सेवा लिँदा हुनसक्ने जोखिमबाट जोगाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण दिने निर्णय गरेको हो ।

    प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यसप्रकारको प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।
    डिजिटल साक्षरतालाई प्रशिक्षार्थीको सूचना प्रविधिसँगको ज्ञानका आधारमा आधारभूत, मध्यम र विशिष्ठ विषय राखेर प्रशिक्षण गराउने महानगरको तयारी छ । मोबाइल प्रविधि प्रशिक्षणका लागि पहिलो आवश्यक विषय हो । स्मार्टफोनलाई सही ढङ्गले प्रयोग गरिएन भने व्यक्तिगत विवरण चोरी हुन सक्छ । 

    गलत एप्लिकेसनबाट व्यक्तिगत, पारिवारिक सूचना अर्काले लिएर आपराधिक क्रियाकलापमा प्रयोग गर्न सक्छ । यसका लागि एप्लिकेसनको जोखिमबाट बच्ने तरिका, मोबाइल डेटाको प्रयोग, वाई(फाईको प्रयोग र सुरक्षा, हरेक प्रयोगकर्तालाई थाहा हुनुपर्नेमा समितिको जोड छ । डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट, अनलाइन भुक्तानी, यसमा हुनसक्ने ठगी र बच्ने उपाय इन्टरनेट चलाउने हरेक व्यक्तिलाई ज्ञान हुनुपर्ने समितिको बुझाइ छ । 

    व्यक्तिगत गोपनीयतासँगै साइबर सुरक्षाका लागि बलियो पासवर्ड राख्ने तरिका, ओटीपी (वन टाइम पासवर्ड)को प्रयोग, एन्टीभाइरस, शंकास्पद लिङ्कको पहिचान र यसबाट बच्ने तरिकामा साक्षरता दिने समितिको तयारी छ । 

    सामाजिक सञ्जालको प्रयोग, सामग्री शेयर गर्दा ख्याल गर्नुपर्ने कुरा, डिजिटल फुटप्रिन्ट, अनलाइन व्यवहारको ज्ञान हुनुपर्ने भन्दै समितिले सूचना साक्षरतामा भ्रामक समाचार र सही समाचार बिचको भिन्नता, सूचनाको स्रोत पुष्टि गर्ने तरिका पनि नागरिकले थाहा पाउनु पाउन प्रशिक्षण उपयोगी हुने देखिन्छ । 

    कम्प्युटरका अङ्ग र सञ्चालन गर्ने विधि, फाइल व्यवस्थापन, फाइल सेभ गर्ने, कपी पेस्ट गर्ने, फाइलहरू खोज्ने तरिका, इन्टरनेट र ब्राउजिङ तथा वेब ब्राउजरको प्रयोग जस्ता विषयमा जानकारी दिने तयारी महानगरको छ । 

    सर्च इन्जिनको प्रयोग र सही सूचना खोज्ने तरिका, वेबसाइटको विश्वसनीयता, ईमेलबाट गरिने सञ्चार, भिडिओ कन्फ्रेन्सिङ, कार्यालय प्रयोजनका सफ्टवेयर, डकुमेन्ट टाइप गर्ने, फर्म्याट मिलाउने, प्रिन्ट गर्ने, स्प्रेडसिट, प्रेजेन्टेसन जस्ता विषयको जानकारी महानगरबासीलाई दिइने समितिले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट