images

Sep 29 2026 | २०८३, असोज १३ गते

एनपीएलः काठमाडौँसँग चितवन ५३ रनले पराजित

एनपीएलः काठमाडौँसँग चितवन ५३ रनले पराजित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १२ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १२ २०८२
  • एनपीएलः काठमाडौँसँग चितवन ५३ रनले पराजित

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले चितवनलाई ५३ रनले पराजित गरेको हो । 

    काठमाडौँले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउट भयो । चितवनका लागि देव खनाले २१ रन, रवि बोपाराले २१ रन र सोहेल तनवीरले १८ रन जोडे । यस्तैगरी काठमाडौँका लागि रसिद खानले ३ तथा कप्तान करण केसी, मिलिन्द कुमार र दीपेश कँडेलले दुई-दुई तथा सन्तोष यादवले १ विकेट लिएका थिए ।  

    चार ओटा खेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ । काठमाडौँले भने ३ खेल जितेको छ र २ खेल हारको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट