images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपाली स्याटलाइट ‘स्लिपर्स टु स्याट’ अन्तरिक्ष पुग्यो, नास्टमा सिग्नलको प्रतीक्षा

नेपाली स्याटलाइट ‘स्लिपर्स टु स्याट’ अन्तरिक्ष पुग्यो, नास्टमा सिग्नलको प्रतीक्षा

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २४ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २४ २०८२
  • नेपाली स्याटलाइट ‘स्लिपर्स टु स्याट’ अन्तरिक्ष पुग्यो, नास्टमा सिग्नलको प्रतीक्षा

    काठमाडौँ । अन्तरिक्ष प्रतिष्ठान नेपालले तयार पारेको नेपाली स्याटलाइट ‘स्लिपर्स टु स्याट’ सफलतापूर्वक अन्तरिक्षमा पुगेको छ । यो स्याटलाइट बुधबार बिहान नेपाली समयअनुसार १० बजेर १ मिनेटमा चिनियाँ रकेट ‘काइनेटिका वन’  (Kinetica 1)  मार्फत प्रक्षेपण गरिएको हो ।

    स्याटलाइटका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीका अनुसार प्रक्षेपण भएसँगै स्याटलाइटले अन्तरिक्षमा परिक्रमा सुरु गरिसकेको छ । हाल प्राविधिक टोली नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ग्राउन्ड स्टेसनमा बसेर स्याटलाइटसँगको पहिलो सम्पर्कको प्रयास र सिग्नलको प्रतीक्षा गरिरहेको अधिकारीले जानकारी दिए ।

    १ किलो २० ग्राम तौल रहेको यस स्याटलाइटमा दुई ओटा क्यामेरा जडान गरिएका छन् । यी क्यामेराले नेपालको वनस्पति र पानीको अवस्थाबारे विवरण संकलन गर्नेछन् । साथै, यसमा भूकम्पको पूर्वसूचनासम्बन्धी प्रविधिको अध्ययन गर्ने प्रणालीसमेत समावेश छ ।

    यो स्याटलाइट कम्तीमा डेढ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान गरिएको छ । एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनको सहयोगमा निर्माण भएको यो परियोजनामा चितवनका चेपाङ समुदायका बालबालिकालाई समेत सहभागी गराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट