Aug 10 2026 | २०८३, साउन २५ गते

एसियाली फुटबलमा नेसन्स लिग सुरु हुँदै, नेपालसहितका देश सहभागी

एसियाली फुटबलमा नेसन्स लिग सुरु हुँदै, नेपालसहितका देश सहभागी

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ७ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ७ २०८२
  • एसियाली फुटबलमा नेसन्स लिग सुरु हुँदै, नेपालसहितका देश सहभागी

    काठमाडौँ -एसियाली फुटबल कन्फेडरेसन (एएफसी) ले अबदेखि नेपालसहित एसियाका सबै राष्ट्रिय टिमहरूका लागि नयाँ प्रतियोगिता सुरू गर्ने योजना अघि सारेको छ। 

    images

    एएफसी नेसन्स लिग नाममा हुने प्रतियोगितामा एएफसीमा आबद्ध सबै ४७ टोली सहभागी हुनेछन्। 

    नेपाल लगायतका एसियाका राष्ट्रिय टिमले फिफाले तोकेको समयमा मैत्रीपूर्ण खेल खेल्ने गरेका छन्।

    तर ती खेलमा राम्रो प्रतिद्वन्द्वी पाउन गाह्रो हुने, लामो यात्रा गर्दा खर्च धेरै हुने र धेरैजसो खेलहरू अर्थहीन हुने जस्ता समस्या हुने गरेको छ। 

    अब यो नयाँ एएफसी नेसन्स लिगले ती मैत्रीपूर्ण खेललाई प्रतियोगिताको रूप दिनेछ।

    अर्थात्, नेपाल लगायतका एसियाली देशहरूले खेल्ने धेरैजसो अन्तर्राष्ट्रिय म्याचहरू अब यो प्रतियोगिताभित्र पर्नेछन्। यो प्रतियोगिता युरोपको यूईएफए नेसन्स लिगजस्तै हुनेछ। 

    टिमलाई बलियो, मध्यम र कमजोर गरी फरक–फरक लिग (डिभिजन) मा राखिनेछ।

    आफ्नै लेभलका टिमहरूसँग नियमित रूपमा खेलहरू खेलाइनेछ भने राम्रो प्रदर्शन गर्ने टिम माथिल्लो लिगमा बढुवा हुने र कमजोर हुने तल झर्ने व्यवस्था हुनेछ।

    राष्ट्रिय टिमले नियमित र प्रतिस्पर्धात्मक खेल पाउनेछ तथा साना देशहरूको पनि राम्रो विकास गर्ने अवधारणमा यो लिग आयोजन गर्न लागिएको हो। 


    खेलहरू केन्द्रीय रूपमा व्यवस्थित गरिने भएकाले यात्रा र खर्च कम हुने विश्वास गरिएको छ।

    साथै एएफसीले दर्शक, प्रसारण र प्रायोजकको पनि बढी चासो हुने विश्वास गरेको छ। 

    एएफसीका महासचिव दातुक सेरी विन्डसर जोनले यो लिगबारे भनेका छन्– 'यो नेसन्स लिगले हाम्रा ४७ वटै सदस्य देशका राष्ट्रिय टिमहरूलाई खेल्ने अवसर दिनेछ।


    यसले फुटबल विकासमा ठूलो मद्दत गर्नेछ र खर्च तथा व्यवस्थापनका समस्या पनि कम गर्नेछ।'

    यद्यपी यो प्रतियोगिताको पूरा ढाँचा, कहिले सुरु हुने र कसरी खेलिने भन्ने कुरा एएफसीका कमिटीहरूले छलफल गरेर घोषणा गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट