समानुपातिक सूचीमा भएका त्रुटि सच्याइँने छ : गणेश पराजुली
समानुपातिक सूचीमा भएका त्रुटि सच्याइँने छ : गणेश पराजुली
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्तीलाईसच्याउने बताएका छन्।
प्राथमिक निर्वाचनमा बढी मत ल्याएकाहरू समानुपातिक सूचीमा पछि परेको भन्दै पार्टीभित्र प्रश्न उठ्न थालेपछि केन्द्रीय सदस्य पराजुलीले सूची सच्याउने बताएका हुन्।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ऊर्जा मन्त्री कुलमान घिसिङसँग एकता सहमति हुनु महत्त्वपूर्ण काम भएको बताउँदै सुशासन र विधिलाई एकीकृत पार्टीको जग बनाइने उल्लेख गरेका छन्।
‘सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्त्वपूर्ण काम भए, समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो,’ उनले भनेका छन्।
