images

Sep 29 2026 | २०८३, असोज १३ गते

भदौ २४ को राति राजा ल्याएर देश जोगाउन प्रस्ताव आयो’ — कमल थापा

भदौ २४ को राति राजा ल्याएर देश जोगाउन प्रस्ताव आयो’ — कमल थापा

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १६ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १६ २०८२
  • भदौ २४ को राति राजा ल्याएर देश जोगाउन प्रस्ताव आयो’ — कमल थापा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले गत भदौ २४ गते देश जलिरहँदा अहिलेका प्रमुख पार्टीका दुई जना नेताले फोन गरेर राजा ल्याएर देश जोगाउन प्रयास गर्न प्रस्ताव गरेको खुलासा गरेका छन्


    बुधबार राप्रपासँगको एकता घोषणालाई सम्बोधन गर्दै थापाले नाम नखुलाई त्यस्तो प्रस्ताव आएको बताए । साथै उनले आवश्यक परे ती नेताको नाम समेत बताउने बताए । 

    ‘एउटा सानो घटना जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति ११ बजेतिर मलाई अहिलेका प्रमुख राजनीतिक दलमध्येका २ नेताले फोन गर्नुभयो’, उनले भने, ‘अहिले नाम भन्दिनँ, आवश्यक पर्‍यो भने भनौँला । जब सर्वोच्च, सिंहदरबार, नेताहरूको घर जलिरहेको थियो ।


    त्यसवेला उहाँहरूले फोन गरेर कमलजी देश जलिसक्यो, जोगाउनुपर्छ तपाईँले केही प्रयास गर्नुभयो भने जोगाउन सक्नुहुन्छ कि ? राजालाई त ल्याउनै पर्‍यो देश जोगाउनै पर्‍यो ।


    उनले ती दुवै नेताको बोली उस्तै रहेको भन्दै आफूहरू राजनीतिक वातावरण तयार गर्ने भन्दै राजा ल्याउन भूमिका खेल्न आग्रह गरेको बताए ।


    ‘तपाईँले भूमिका खेल्नुस् भन्नुभयो । तर मेरो हैसियत थिएन र प्रयास गर्ने कुरा पनि भएन’, थापाले भोली फेरि त्यस्तै घटना दोहोरिन सक्ने भएकाले राजसंस्था अपरिहार्य बनेको भन्दै आन्दोलनबाट मात्रै त्यो सम्भव भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट