images

Sep 29 2026 | २०८३, असोज १३ गते

जेनजी आन्दोलन: आयोगले ओलीलाई सोधपुछका लागि पत्र काट्ने तयारी

जेनजी आन्दोलन: आयोगले ओलीलाई सोधपुछका लागि पत्र काट्ने तयारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १७ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १७ २०८२
  • जेनजी आन्दोलन: आयोगले ओलीलाई सोधपुछका लागि पत्र काट्ने तयारी

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ। 


    बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको विषयमा सोधपुछ गर्न ओलीलाई बोलाउन लागिएको जानकारी दिएका हुन्।

    अध्यक्ष कार्कीले पूर्वगृहमन्त्री रमेश लेखकसँगको बयान प्रक्रिया भने सकिसकेको बताएका छन्। एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउँदा उपस्थित नभए के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले 'भोलिको कुरा भोलि नै हुने’ भन्दै संक्षिप्त प्रतिक्रिया दिए। 


    उनले आयोगलाई थप गरिएको पछिल्लो म्यादभित्रै अनुसन्धान सकेर सरकारलाई प्रतिवेदन बुझाउने दाबी समेत गरेका छन्। भदौमा भएको उक्त आन्दोलन र त्यस क्रममा घटेका घटनाहरूको सम्बन्धमा आयोगले विभिन्न राजनीतिक दलका नेता र सरोकारवालासँग बयान लिने कार्यलाई तीव्रता दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट