Aug 10 2026 | २०८३, साउन २५ गते

ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरे

ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरे

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
  • ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरे

    वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा आइतबार एउटा तस्बिर पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् । ट्रम्पले पोस्ट गरेको तस्बिर विकिपेडियाको उनको आफ्नै प्रोफाइल पेजको एडिट गरिएको अंश हो ।

    images

    उक्त तस्बिरको क्याप्सनमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ । त्यसमा सन् २०२६ को जनवरीसम्म उनलाई भेनेजुएलाको वर्तमान राष्ट्रपतिको रूपमा देखाइएको छ ।

    केही दिनअघि मात्रै जनवरी ३ मा अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको थियो । सो क्रममा त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका लगिएको छ । उनीहरूमाथि अमेरिकामा हतियार तथा लागूपदार्थ तस्करीको आरोपमा मुद्दा चलाइएको छ ।

    मादुरो पक्राउ परेपछि हालै मात्र भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । यही राजनीतिक घटनाक्रमका बिच ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई नै भेनेजुएलाको राष्ट्रपति दाबी गरेका हुन् । एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट