images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज राति ९ बजे, निर्वाचन तालिका प्रकाशित

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज राति ९ बजे, निर्वाचन तालिका प्रकाशित

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
  • नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज राति ९ बजे, निर्वाचन तालिका प्रकाशित

     काठमाडौँ -नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनको तालिका प्रकाशित भएको छ। 

    वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय समितिले आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने गरी तालिका प्रकाशित गरेको हो।

    मतदान प्रक्रिया भने आज दिउँसोदेखि सुरू हुने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ।

    जस अनुसार साढे १२ बजेसम्म प्रथम मतदाता नामावली प्रकाशन गर्ने र २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। 

    २ देखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने, साढे ४ बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तालिका छ। 

    अन्तिम नामावली ८ : ४५ बजे प्रकाशन गर्ने र राति ९ बजेदेखि मतदान हुने तालिकामा उल्लेख छ। 

    Congress, Program 1.jpg
    undefined
    Congress Program 2.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट