विदेशमा रहेका नेपालीको उद्धार र कन्सुलर सेवा सहज बनाउन ‘मोफा मित्र’ एप सार्वजनिक
विदेशमा रहेका नेपालीको उद्धार र कन्सुलर सेवा सहज बनाउन ‘मोफा मित्र’ एप सार्वजनिक
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सरल, प्रभावकारी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित परराष्ट्र मन्त्रालयले नयाँ मोबाइल एप सार्वजनिक गरेको छ।
कन्सुलर सेवा विभागद्वारा निर्माण गरिएको "मोफा मित्र (MoFA Mitra)" नामक सो एप जेठ १२ गते मंगलबार एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गरिएको हो। परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आतिथ्यतामा एपको शुभारम्भ गरिएको थियो।
सो एपको सञ्चालनसँगै विदेशमा मुस्किलमा परेका वा उद्धारको प्रतीक्षामा रहेका नेपाली नागरिकहरूले सिधै विभाग वा विदेशस्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्ने भएका छन्। यस प्रविधिले कन्सुलर सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र सर्वसुलभ बनाउने विश्वास लिइएको छ।
