गुजरातलाई ९२ रनले हराउँदै आरसीबी लगातार दोस्रो पटक आईपीएल फाइनलमा
गुजरातलाई ९२ रनले हराउँदै आरसीबी लगातार दोस्रो पटक आईपीएल फाइनलमा
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गर्न सफल भएको छ।
गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै आरसीबीले फाइनलको टिकट काटेको हो। टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरूले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल स्कोर खडा गर्यो। कप्तान पाटिदारले ३३ बलमा अविजित ९३ रनको उत्कृष्ट पारी खेले भने विराट कोहली र क्रणाल पाण्ड्याले समान ४३/४३ रन थपे। गुजरातका जेसन होल्डर र कागिसो रवडाले प्रत्येकले २/२ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरात अन्तिम ओभरमा १६२ रनमा अल आउट भयो। गुजरातका लागि राहुल तेवतियाले ६८ र जस बटलरले २९ रन बनाएबाहेक अन्य ब्याटरहरू सम्मानजनक स्कोर गर्न असफल रहे।
बैंगलुरूका गेंदबाजतर्फ ज्याकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रसिक सलाम र पाण्ड्याले प्रत्येकले २/२ विकेट झिकेर गुजरातलाई सस्तैमा समेटे।
