Aug 10 2026 | २०८३, साउन २५ गते

मेस्सीको ह्याट्रिक, क्लोजसँग विश्वकप गोलको कीर्तिमान बराबरी

मेस्सीको ह्याट्रिक, क्लोजसँग विश्वकप गोलको कीर्तिमान बराबरी

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ३ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ३ २०८३
  • मेस्सीको ह्याट्रिक, क्लोजसँग विश्वकप गोलको कीर्तिमान बराबरी

    काठमाडौं । विश्व फुटबलका सुपरस्टार लियोनेल मेस्सीले फिफा विश्वकप २०२६ मा शानदार ह्याट्रिक जमाउँदै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्।

    images

    विश्वकपको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा मेस्सीले १७औं मिनेट, ६०औं मिनेट र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

    अर्जेन्टिनाका कप्तान मेस्सीले समूह चरणको खेलमा उत्कृष्ट खेल देखाउँदै तीन गोल गरेपछि उनको विश्वकप गोल संख्या १६ पुगेको छ। यसैसँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजको नाममा रहेको १६ गोलको विश्वकप कीर्तिमानसँग बराबरी गरेका हुन्।

    उच्च लयमा रहेका मेस्सीले यस विश्वकपमा नयाँ इतिहास रच्ने सम्भावनालाई थप बलियो बनाएका छन्। यसअघि उनी विश्वकपमा १४ गोलसहित तेस्रो स्थानमा रहेका थिए।

    मेस्सीको ह्याट्रिकको सहायताले अर्जेन्टिनाले महत्त्वपूर्ण जित हासिल गरेको छ भने उपाधि रक्षा अभियानलाई पनि सुदृढ बनाएको छ। अब उनले थप एक गोल गरे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको एकल कीर्तिमान आफ्नै नाममा दर्ता गराउनेछन्।

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट