Aug 10 2026 | २०८३, साउन २५ गते

नयाँ सांगीतिक समूह ‘समकालीन’ को डेब्यु सिंगल ‘लाहुर’ सार्वजनिक

नयाँ सांगीतिक समूह ‘समकालीन’ को डेब्यु सिंगल ‘लाहुर’ सार्वजनिक

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
  • नयाँ सांगीतिक समूह ‘समकालीन’ को डेब्यु सिंगल ‘लाहुर’ सार्वजनिक

    काठमाडौँ,  — नेपाली सांगीतिक क्षेत्रमा नयाँ ब्यान्ड ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत ‘लाहुर’ मार्फत बलियो उपस्थिति जनाएको छ।

    images

    ‘लाहुर’ निराशा, संघर्ष र आशाको मिश्रित भावनाबाट जन्मिएको सिर्जना हो, जसको पृष्ठभूमि मर्मस्पर्शी र प्रेरणादायी छ। संगीतप्रतिको अगाध प्रेमलाई अन्तिम पटक पूर्ण रूपमा अभिव्यक्त गर्ने उद्देश्यका साथ ब्यान्डका सदस्यहरूले यो गीत तयार पारेका थिए। संयोगवश, त्यही प्रयास आज ब्यान्डका लागि उत्साहजनक नयाँ सुरुवात बन्न पुगेको छ।

    मार्स प्रालि ( Mars Pvt.Ltd) द्वारा निर्मित म्युजिक भिडियोसहित आफ्नो पहिलो सिर्जना ‘लाहुर’ सार्वजनिक गरेसँगै ‘समकालीन’ आगामी दिनमा थप मौलिक तथा उत्कृष्ट सिर्जना श्रोतामाझ ल्याउने तयारीमा जुटेको छ।

    ब्यान्डका सदस्यहरू भन्छन्, “हाम्रो यो यात्रालाई यहाँसम्म ल्याउनुहुने सम्पूर्ण शुभेच्छुक, श्रोता तथा समर्थकहरूको माया र साथप्रति हामी अत्यन्त कृतज्ञ छौँ। तपाईंहरूको विश्वासले हाम्रो आगामी सांगीतिक यात्रालाई अझ सशक्त बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ।”

    समकालीनमा आबद्ध कलाकारहरू:समकालीनमा आबद्ध कलाकारहरू:

    भोकल: नवराज थापा क्षेत्री

    बेस: सरिन के.सी.

    ड्रम्स: निकेश मान जोशी

    गिटार: क्षितिज शेरचन

    गिटार: प्रज्वल श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट