images

Nov 17 2026 | २०८३, मंसिर १ गते

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो, नेपाली बजारमा पनि उपस्थिति थप मजबुत

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो, नेपाली बजारमा पनि उपस्थिति थप मजबुत

नेपाली बजारमा पनि उपस्थिति थप मजबुत

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ८ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ८ २०८३
  • TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो, नेपाली बजारमा पनि उपस्थिति थप मजबुत

    काठमाडौं। विश्वव्यापी होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। Frost & Sullivan ले जारी गरेको Market Position Statement अनुसार सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म TCL एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ। यो प्रतिवेदन सन् २०२६ जुनमा जारी भएको हो।

    TCL 100 2.jpeg
    undefined

    ChinaIOL को तथ्यांकअनुसार सन् २०२४ मा TCL ले चीनमा १.९१७ करोड युनिट घरेलु एयर कन्डिसनर उत्पादन गर्दै उद्योगका शीर्ष तीन कम्पनीभित्र स्थान बनाएको छ। सोही अवधिमा कम्पनीको AC निर्यात मात्रा १.३८१ करोड युनिट पुगेको थियो, जसले TCL लाई चीनबाट हुने एयर कन्डिसनर निर्यातमा दोस्रो स्थानमा राखेको छ। साथै, शीर्ष तीन निर्यातकर्तामध्ये सबैभन्दा उच्च निर्यात वृद्धि दर पनि TCL ले नै हासिल गरेको तथ्यांकले देखाउँछ।


    कम्पनीका अनुसार यी विश्वव्यापी उपलब्धिले उत्पादन क्षमता मात्र नभई अनुसन्धान–विकास, प्रविधि, आपूर्ति शृंखला र अन्तर्राष्ट्रिय बजार विस्तारमा भइरहेको प्रगतिलाई पनि झल्काउँछ। यसैका आधारमा TCL ले नेपाली बजारमा समेत आफ्नो AC व्यवसाय थप विस्तार गर्ने लक्ष्य राखेको छ।

    नेपालमा TCL TV, Air Conditioner, Washing Machine, Refrigerator, Water Dispenser, Music System र VRF लगायतका उत्पादनहरू CG Electronics मार्फत बिक्री–वितरण हुँदै आएका छन्, जुन आधुनिक प्रविधि, डिजाइन र प्रतिस्पर्धी मूल्यका कारण उपभोक्ताको रोजाइमा पर्दै आएका छन्।

    TCL 100.jpeg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार