Aug 11 2026 | २०८३, साउन २६ गते

हवाई डढेलोमा एक सय पन्ध्र जनाको मृत्यु

हवाई डढेलोमा एक सय पन्ध्र जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • हवाई डढेलोमा एक सय पन्ध्र जनाको मृत्यु

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छ । माउ काउन्टीले आज जारी गरेको पछिल्लो विवरणअनुसार आठ सय ५०जना अझै हराइरहेका छन् भने खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ । 

    images

    आगोको चपेटामा परेका सबै एकतले आवासीय भवनमा खोज जारी छ भने अबको खोज  बहुतले आवासीय र व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताएका छन् । राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले लहाइनाको आग्निप्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सात्वाना दिएका छन् । राष्ट्रपतिले आगोले सखाप पारेका स्थानको पुनर्निर्माणमा सङ्घीय सरकारबाट सबै सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । अग्निपीडित समुदायलाई सम्बोधन गर्दै उनले भने,  “हामी यी पवित्र स्थल र यहाँको परम्पराको सम्मान गर्छौँ र माउईका जनताले निर्माण गर्न चाहेअनुरुप पुनर्निर्माण गर्नेछौँ ।” 

    प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट