Aug 11 2026 | २०८३, साउन २६ गते

जर्जियाको जेलमा डोनाल्ड ट्रम्पको २० मिनेट, २ लाख डलर जमानत तिरेर भए रिहा

जर्जियाको जेलमा डोनाल्ड ट्रम्पको २० मिनेट, २ लाख डलर जमानत तिरेर भए रिहा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • जर्जियाको जेलमा डोनाल्ड ट्रम्पको २० मिनेट, २ लाख डलर जमानत तिरेर भए रिहा

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको एक जेल आत्मसमर्पण गरेका छन्। सन् २०२० मा भएको निर्वाचनमा धाँधली गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ। 

    images

    बिहीबार ट्रम्पले फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका थिए। जेलमा ट्रम्पको औंठाछापसहित उनको शरीरको उचाईं र तौल नापिएको थियो। प्रहरीको रेकर्डमा राख्न ट्रम्पको ‘मगशट’ (तस्विर) समेत खिचिएको थियो।

    यसअघि पनि ट्रम्पले तीनपटक अदालतमा आत्मसमर्पण गरेका थिए। तर उनी जेलमा गएका थिएनन् र अन्य कैदी सरह उनको ‘मगशट’ लिइएको थिएन। अमेरिकी इतिहासमा नै कुनै राष्ट्रपति भइसकेका व्यक्तिमाथि फौजदारी अभियोगमा मुद्दाहरु चलिरहेको यो पहिलो घटना हो।

    सीएनएनका अनुसार ट्रम्पले जेलमा २० मिनेट भन्दा केही बढी समय बिताएका थिए। प्रक्रिया पूरा गरेपछि उनलाई जमानतमा रिहा गरिएको थियो। ट्रम्प २ लाख डलर रकम जमानतका रुपमा राखेर रिहा भएका हुन्।

    ट्रम्प जेलबाट बाहिरिएपछि प्रहरीले उनको ‘मगशट’ सार्वजनिक गरेको थियो। अमेरिकी इतिहासमा नै पहिलोपटक कुनै राष्ट्रपतिको प्रहरीले यसरी मगशट खिचेको हो। जेलको रेकर्ड अनुसार ट्रम्पको उचाई ६ फुट ३ इन्च र तौल २१५ पाउन्ड रहेको छ। ट्रम्पको बुकिङ नम्बर पी०११३५८०९ हो।

    ट्रम्पमाथि अघिल्लो निर्वाचनमा धाँधली गरेको, चुनावी परिणाम उल्टाउन खोजेको सहित १३ अभियोग लगाइएका छन्।  ट्रम्पले आफूमाथि लगाइएका सबै आरोपहरु राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताइरहेका छन्। सन् २०२४ मा ट्रम्पले फेरि राष्ट्रपतिको लागि उम्मेदवार बन्ने घोषणा गरि अभियान चलाइसकेका छन्।

    जेलबाट फर्किएपछि ट्रम्पले आफूले कुनै गल्ती नगरेको प्रतिक्रिया दिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट