Aug 11 2026 | २०८३, साउन २६ गते

जी २० शिखर सम्मेलन भोलीदेखि, रुसी र चिनियाँ राष्ट्रपति उपस्थित नहुने

जी २० शिखर सम्मेलन भोलीदेखि, रुसी र चिनियाँ राष्ट्रपति उपस्थित नहुने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • जी २० शिखर सम्मेलन भोलीदेखि, रुसी र चिनियाँ राष्ट्रपति उपस्थित नहुने

    शनिबार र आइतबार दुई दिन भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा आयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपतिको अनुपस्थितिले केही फरक नपार्ने टिप्पणी एक जना पश्चिमा कूटनीतिकज्ञले गरेका छन्। 

    images

    भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी २० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताएका हुन्। 

    एएनआईसँगको अन्तर्वार्तामा राजदूत एकरम्यानले राष्ट्रपति पुटिन अघिल्लो शिखर सम्मेलनमा सहभागी नभएकाले यसपटकको उनको अनुपस्थितिलाई अचम्म मान्नुपर्ने केही कारण नभएको बताए। 

    “चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिले भने हामी अलिकति विस्मित भयौं तर उनको प्रतिनिधित्व चिनियाँ प्रधानमन्त्रीले गर्ने भएपछि यसले खासै फरक पार्दैैन,” चिनियाँ धारणा प्रधानमन्त्रीबाट प्रस्तुत हुने उल्लेख गर्दै उनले भने।

    एउटा देशको राष्ट्रपतिको अनुपस्थितिले यो शिखर सम्मेलनलाई छायामा पर्न दिननहुनेमा जोड दिदै जर्मनीका राजदूतले जी २० को स्थायी सदस्यताको लागि अफ्रिकी सङ्घलाई आमन्त्रित गर्ने भारतको निर्णयको स्वागत गरे।

    उनले युरोपेली सङ्घसँगै अफ्रिकी सङ्घलाई पनि समावेश गर्ने भारतीय प्रयासलाई खुला हृदयले समर्थन गर्ने बताए। भारतको अध्यक्षताले जी २० लाई नयाँ उचाइमा पुर्याएको उनले उल्लेख गरे। 

    शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक आलेख प्रकाशन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिएका छन्। उनले   साझा भविष्यका  निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिए। 

    प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकाङ्क्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्यं भएको विचार व्यक्त गरे। भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताए। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट