images

Sep 29 2026 | २०८३, असोज १३ गते

विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १५ २०८०
  • विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

    काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले उक्त मस्यौदा प्रतिवेदन पारित गरेको र राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले जानकारी दिए । 

    राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि समितिमा दफावार छलफल भइसकेको छ । सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवद्र्धन गर्न विद्युतीय व्यापार ऐनको प्रस्ताव गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट