Aug 11 2026 | २०८३, साउन २६ गते

बंगलादेशबाट भागेर भारत पुगेकि शेख हसिनाले भारत पनि छाडिन्

बंगलादेशबाट भागेर भारत पुगेकि शेख हसिनाले भारत पनि छाडिन्

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २२ २०८१
  • बंगलादेशबाट भागेर भारत पुगेकि शेख हसिनाले भारत पनि छाडिन्

    प्रधानमन्त्री पदबाट राजीनामा दिइ बंगलादेशबाट भागेर भारत आएकी शेख हसिनाले भारत छाडेकी छिन् । 

    images

    हिंडन एयरबसमार्फत सोमबार साँझ स्थानीय समयअनुसार भारतको हिंडन आएकी हसिना मंगलबार बिहान भारत छाडेकी हुन् । सी–१३० ट्रान्सपोर्ट एयरक्राफ्टमार्फत उनले भारत छाडेकी हुन् । यद्यपि उनी कहाँका लागि उडिन् भन्ने यकिन भएको छैन । 

    मिडिया रिपोर्टसका अनुसार उनी बेलायतको लण्डन वा फिनल्याण्ड वा अन्य कुनै देशमा जानसक्ने आँकलन भइरहेको छ । यता हसिना भागेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । 

    आन्दोलित विद्यार्थी नेताहरुले प्रधानमन्त्रीमा युनुसको नाम सिफारिस गरेका छन् । युनुसले हसिनाले राजीनामा दिएर भागेपछि बंगलादेश बल्ल स्वतन्त्र भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जबसम्म हसिना प्रधानमन्त्री थिइन् तबसम्म हाम्रो देश गुलामी गरिरहेको थियो । उनले सबै चिजमा तानाशाह शैलीमा नियन्त्रण गर्थिन् । आज देशका सबैले स्वतन्त्र महसुस गरेका छन् ।’ हसिना प्रधानमन्त्री हुँदा उनको पार्टी अवामी लिगले उनीमाथि १९० उजुरी दर्ता गराएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट