Aug 11 2026 | २०८३, साउन २६ गते

चार दिनदेखि रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले 

चार दिनदेखि रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले 

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १४ २०८१
  • चार दिनदेखि रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले 

    काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू आजदेखि छुट्न थालेका छन् । काठमाडौँको नयाँ (गोङ्गबु) बसपार्क लगायत विभिन्न स्थानबाट केही बेरअघिदेखि सवारी साधनहरू गन्तव्यका लागि छुट्न थालेका हुन् । 

    images

    चार दिनदेखि निरन्तर सडक अवरुद्ध हुँदा एक हजारभन्दा बढी सवारी साधनमा यात्रुले टिकट काटेर पनि रोकिएका थिए । उनीहरूलाई गन्तव्यमा पुर्‍याउन थालिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

    सोमबार छुट्ने गाडी सहजतापूर्वक गन्तव्यमा पुग्न सके अहिले सुस्त रहँदै आएको टिकट बुकिङमा उत्साह थपिने यातायात व्यवसायीको विश्वास छ । बसपार्कबाट गाडी छुट्न थालेसँगै अहिले ट्राफिक प्रहरी प्रमुख डीआईजी भरत बोहोरा समेत पहिरोग्रस्त झ्याप्ले खोलाको निरीक्षणमा पुगेका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट