images

Sep 29 2026 | २०८३, असोज १३ गते

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख ३ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख ३ २०८२
  • मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

    म्याग्दी । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । 

    मालढुङ्गा–बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए ।  करिब दुई किलोमिटर ढलान पनि गरिएको छ । 

    चार वर्षअघि रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेर थालिएको स्तरन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उनले बताए । पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो ।
     
    हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट