Aug 11 2026 | २०८३, साउन २६ गते

विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह

विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ९ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ९ २०८२
  • विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद् न्यूनीकरण, खोज, उपचार र राहतलगायतका काममा सरोकारवाला सबै एकजुट हुन आग्रह गरेका छन् । 

    images

    सशस्त्र प्रहरी बलले आज पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा गरेको विपद् प्रतिकार्य नमूना अभ्यासको अवलोकनपछि उनले गण्डकी प्रदेश प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै विपद्का दृष्टिले जोखिमयुक्त रहेको बताए । 

    “तालैतालको सहर पोखरामा जलउत्पन्न प्रकोपका घटना बढी हुने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ”, उनले भने, “फेवातालमा जस्तै उद्धार टावर बेगनास तालमा पनि निर्माण गर्न प्रदेश सरकारले काम अगाडि बढाएको छ ।” सशस्त्र प्रहरी बलको पोखरास्थित मुक्तिनाथ बाहिनीको संयोजन र कालिका गणको आयोजना भएको उक्त विपद् प्रतिकार्य नमूना अभ्यासले जलउत्पन्न प्रकोप न्यूनीकरणमा थप सहयोग पुर्‍याउने मुख्यमन्त्री पाण्डेले बताए । 

    विपद्का घटना न्यूनीकरण गर्न गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमूना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रम सञ्चालनमा सहकार्य गर्दै आएको उनको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले पानीजन्य विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले सशस्त्र प्रहरी बलसँगको सहकार्यमा गोताखोर तालिम सञ्चालन गरिएको जानकारी दिए । 

    उनले स्थानीय समुदायलाई पनि विपद्को समयमा गर्नुपर्ने कार्यहरु तथा अपनाउनुपर्ने संयमताका बारेमा जानकारी गराउनुपर्ने उल्लेख गरे । “सक्रिय तयारी, सुदृढ समन्वय र स्थानीय तहसम्म उद्धार क्षमताको विकासले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरण गर्न सकिन्छ”, मुख्यमन्त्री पाण्डेले भने । उनले प्रदेशस्तरमा रु १० करोड नघट्ने गरी र जिल्लास्तरमा रु १० लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट