images

Sep 29 2026 | २०८३, असोज १३ गते

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २२ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २२ २०८२
  • व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

    कैलाली । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयले घोषणा गरेका १२  सहरलाई व्यवस्थित बनाउन योजना बनाएको बताएका छन् ।

    नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले त्यसलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले जोड दिइरहेको बताए । उनले यसै वर्ष सहरी विकास नीति पारित भएको समेत जानकारी दिए । 

    उनले भने, “सहरी विकास नीति मन्त्रिपरिषद्बाट पारित भइसकेपछि अब त्यसलाई संसद्मा लैजान विधेयकको तयारी अन्तिम चरणमा पुगेको छ ।”

    सहरी विकास ऐन आइसकेपछि सहरको व्यवस्थित रुपमा   विकास गरिने उनले बताए । राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संयुक्त सरकार बनेको उपप्रधानमन्त्री सिंहले उल्लेख गरे ।  

    कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषय उपयुक्त नभएको उनले बताए । “अध्यागमनका कर्मचारीले गल्ती गरेकै कारण अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरुद्ध गर्नु ठीक होइन”, उनले भने । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट