images

Sep 29 2026 | २०८३, असोज १३ गते

ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २६ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २६ २०८२
  • ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन् ।

    नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले  उक्त बेसिनको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

    कार्यक्रममा मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोगेको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए  । “यहाँ रहेका ६ वटा नदीहरूमा तटबन्ध गर्नुछ, त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ, यसका लागि सरकार गम्भीर छ,” ऊर्जामन्त्री खड्काले भने ।

    मन्त्री खड्काले पश्चिम नवलपरासीमा आफू मन्त्री भएपछि दोस्रोपटक आएको र यहाँका समस्यासँग आफू जानकार रहेको बताए । उनेले सांसद विनोद चौधरीजस्तो राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा स्थापित व्यक्ति यो क्षेत्रले पाउनु गौरवको विषय भएको बताए ।

    कार्यक्रममा पश्चिम नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीले अब साबिकभन्दा नहरबाट पाँच गुणा बढी भूमिमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि किसान लाभान्वित हुने बताए ।

    “यो नहर पूर्ण सञ्चालनमा आउने व्यवस्था मिलाएपछि नवलपरासीका किसानको मुहारमा भरिएको खुसी देख्न पाउँदा मलाई अत्यन्तै सन्तुष्टि मिलेको छ, ‘यहाँका नागरिकले ३५ वर्ष सिँचाइका लागि जुन सङ्घर्ष गर्नु परेको थियो, तपाईंहरूको पीडासँग जोडिएको त्यो वेदनालाई अब सम्बोधन भएको छ,” उनले भने ।

    सांसद चौधरीले उक्त क्षेत्रको डुबानको समस्या समाधानका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेर दीर्घकालीन समाधान निकाल्न समेत मन्त्री खड्कालाई आग्रह गरेका थिए ।

    नेपाल गण्डक पश्चिमी नहरको सेटलिङ्ग बेसिन रू ३५ करोड लागतको परियोजनामा अढाई वर्षमा सम्पन्न भएको हो ।  विक्रम संवत् २०३९ मा निर्माण भएको नहरको सिँचाइ क्षमता आठ हजार ७०० हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिँचाइ हुँदै आएको थियो ।

    आज उद्घाटन भएको सेटलिङ्ग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनाका साथै आठ हजार ७०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट