images

Sep 29 2026 | २०८३, असोज १३ गते

क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणमा चीनको चासो

क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणमा चीनको चासो

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १ २०८२
  • क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणमा चीनको चासो

    काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् ।

    बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माण लगायतका विषयमा छलफल भएको हो ।

    भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ । सीमा पुल भएको स्थान जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको छ ।

    चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौँ–चक्रपथ दोस्रो खण्ड विस्ताको काम छिट्टै सुरु हुने बताए ।

    भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे ।

    छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सीमा पुल रहेको स्थानमा दशैंअघि नै पुल निर्माण हुने अपेक्षा राखिएको छ । मन्त्री दाहाल, मन्त्रालय एवं सडक विभागका अधिकारीहरूबिच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिए ।

    बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवातजावतमा कठिनाइ भए पछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आएका छन् । छलफलमा सडक विभागका महानिर्देशक डा। विजयकुमार जैसी लगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट