कर्णाली विकास बैंकमा ३ अर्ब २० करोडको घोटाला : राष्ट्र बैंकका अधिकृत सहित १०९ जनाविरुद्ध मुद्दा दर्ता
कर्णाली विकास बैंकमा ३ अर्ब २० करोडको घोटाला : राष्ट्र बैंकका अधिकृत सहित १०९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । कर्णाली विकास बैंकमा भएको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको वित्तीय अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
बाँके जिल्ला सरकारी वकिल कार्यालयले बुधवार दुई जना मृतकसहित १०९ जनालाई प्रतिवादी बनाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा दायर गरिएको उक्त मुद्दामा हालसम्म चार जना मात्र पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, सञ्चालक समिति अध्यक्ष पशुपति दयाल मिश्र, प्रमुख वित्त अधिकृत वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका तत्कालीन अनुगमन अधिकृत भुवन बस्नेत रहेका छन्। बाँकी प्रतिवादीहरू फरार छन्।
