images

Sep 29 2026 | २०८३, असोज १३ गते

मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थप

मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थप

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ८ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ८ २०८२
  • मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थप

    तनहुँ  । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वी खण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थपेर आउँदो असोज २५ गतेसम्म पुर्‍याएको छ ।

    पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको साढे ४१ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ ।

    कालोपत्रबाहेकका अन्य केही काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिश गरेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।

    पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरू भएको थियो । पूर्वी खण्डको ठेक्का ६ २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट