images

Sep 29 2026 | २०८३, असोज १३ गते

नागढुङ्गा सुरुङ्गमार्गको निर्माण कार्य अन्तिम चरणमा, यहि असोजमा काम सक्ने तयारी

नागढुङ्गा सुरुङ्गमार्गको निर्माण कार्य अन्तिम चरणमा, यहि असोजमा काम सक्ने तयारी

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ११ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ११ २०८२
  • नागढुङ्गा सुरुङ्गमार्गको निर्माण कार्य अन्तिम चरणमा, यहि असोजमा काम सक्ने तयारी

    काठमाडौँ । नागढुंङ्गा सुरुङ्गमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यहि असोज महिनाभित्र नागढुंङ्गा सुरुङ्गमार्गको निर्माण सम्पन्न हुने लक्ष्य लिइएको हो ।

    हालसम्म आयोजनाको ९४.५ प्रतिशत निर्माण कार्य सकिएको छ । नेपालकै पहिलो आधुनिक सुरुङमार्गका रुपमा उक्त आयोजना निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

    सुरुङमार्गमा गुड्ने सवारी साधनहरूबाट उपभोग दस्तुर सङ्कलन गरी आगामी दिनमा सो सुरुडको मर्मत सम्भार तथा संचालनका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्ने उद्देश्य रहेको छ । गत २०८२ साउन २६ गते बसेको मन्त्रिपरिषदको बैठकबाट सुरुङ्गमार्ग उपभोग दस्तुर समेत स्वीकृत भइसकेको छ । हाल सड़क विभागले नागढुङ्गा सुरुङमार्ग संचालन, व्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरीद कार्यको तयारी गरिरहेको छ ।

    टनेल अपरेसन एण्ड म्यानेजमेन्टका लागि सेवा प्रदायक खरिद कार्यको लागि अर्थ मन्त्रालयबाट श्रोत सहमति प्राप्त भएकोे छ । सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । उक्त कार्यको लागि आवश्यक नमूना बोलपत्र समेत तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट