images

Sep 29 2026 | २०८३, असोज १३ गते

सूर्यविनायक-धुलिखेल सडकको अनुगमनमा कुलमान, चाँडो काम सक्न निर्देशन

सूर्यविनायक-धुलिखेल सडकको अनुगमनमा कुलमान, चाँडो काम सक्न निर्देशन

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ६ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ६ २०८२
  • सूर्यविनायक-धुलिखेल सडकको अनुगमनमा कुलमान, चाँडो काम सक्न निर्देशन

    काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको निर्माण प्रगतिबारे स्थलगत निरीक्षण गरेका छन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख र निर्माण व्यवसायीसँग उनले विस्तृत छलफल गरेका थिए ।

    यसक्रममा मन्त्री घिसिङले चाडपर्व नजिकिँदै गर्दा सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात सहज बनाउन निर्देशन दिए । साथै, निर्णय बाँकी रहेका विषयमा छिटो निर्णय लिन, आवश्यक जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्ण रूपमा परिचालन गर्न र चालु आर्थिक वर्षभित्रै सडक विस्तार सम्पन्न गर्न उनले निर्देशन दिएका छन्।

    सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत र साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत भौतिक प्रगति भएको छ। समग्र आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत रहेको छ। टेवा पर्खाल तथा नाली निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र करिब १ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ ।

    तर सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या र बजेट अभावका कारण निर्माण प्रभावित भएको छ । मन्त्री घिसिङले बजेटको अभाव हुन नदिन आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट