images

Sep 29 2026 | २०८३, असोज १३ गते

क्षतिग्रस्त बीपी राजमार्गको अवलोकनमा पुगे मन्त्री कुलमान घिसिङ

क्षतिग्रस्त बीपी राजमार्गको अवलोकनमा पुगे मन्त्री कुलमान घिसिङ

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
  • क्षतिग्रस्त बीपी राजमार्गको अवलोकनमा पुगे मन्त्री कुलमान घिसिङ

    काठमाडौँ । अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग पुनः क्षतिग्रस्त बनेको छ । गत वर्षको असोजमा आएको भीषण बाढीले तहसनहस भएको उक्त राजमार्ग यसबर्षको बाढीले पुनः क्षतिग्रस्त बनेको हो ।

    यसवर्ष अस्थायी ट्रयाकसमेत बगाएपछि राजमार्ग पूर्णरुपमा बन्द हुन पुगेको छ । बीपी राजमार्गको अवस्था अवलोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोली क्षतिग्रस्त स्थानमा पुगेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा गएका मन्त्री घिसिङले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका छन् ।

    बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो । संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उनले सडक विभाग र निर्माण व्यवसायीलाई अग्रह गरे ।

    गत वर्षको बाढीले बीपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुर्‍याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो ।

    गत वर्षको बाढीले क्षति पुर्‍याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ । कही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको छ ।

    यही असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग क्षतिग्रस्त बनेको हो । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सम्भवतस् शुक्रबार सकिने अपेक्षा राखेको सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।

    आफूले बाढीले क्षति पुर्‍याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सी बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए ।

    बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट