images

Sep 29 2026 | २०८३, असोज १३ गते

तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
  • तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामाअनियमितता भएको पुष्टि भएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारले दायर गरेको आरोपपत्रअनुसार, एमआरआई खरिदका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधानहरू उल्लङ्घन गर्दै बदनियतपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइएको हो। उनले एमआरआई मेसिन खरिदमा घोटाला गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

    यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्। भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन्। उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन्।

    बुधबार अख्तियारले पोखराको लिचीबारी घोटाला प्रकरणमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका दुई मन्त्रीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट