images

Sep 29 2026 | २०८३, असोज १३ गते

डेडिकेटेड र ट्रंकलाइन विवाद : १४ उद्योगले बुझाए विद्युत बक्यौता रकम

डेडिकेटेड र ट्रंकलाइन विवाद : १४ उद्योगले बुझाए विद्युत बक्यौता रकम

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २६ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २६ २०८२
  • डेडिकेटेड र ट्रंकलाइन विवाद : १४ उद्योगले बुझाए विद्युत बक्यौता रकम

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १४ उद्योगले बक्यौता रकम बुझाएका छन् । प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो ।  

    प्राधिकरणले उद्योगमा विद्युत आपूर्ति बन्द गरेसँगै २५ मध्ये घराना फुड्स र गोयन्का फुड्स गरी दुई उद्योगले तत्कालै बक्यौता महसुलको किस्ता तिरेका थिए । दुई उद्योगले किस्ता बुझाएपछि तत्काल लाइन जोडिएको थियो । यीसहित किस्ता तिर्न सुरु गर्ने उद्योग संख्या भने १४ पुगेको छ । अहिले ११ उद्योगमा लाइन काटिएको अवस्था छ । 

    प्राधिकरणका अनुसार विद्युत आपूर्ति बन्द गरिएका रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, पञ्चकन्या लगायतका उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् । किस्ता बुझाएका सबै उद्योगमा प्राधिकरणले तत्काल लाइन जडान गरिदिएको जनाएको छ । यद्यपि, उद्योगीहरूले यसलाई किस्ताका रूपमा नभएर धरौटीका रूपमा भुक्तानी गरेको बताएका छन् । गत साता प्रधानमन्त्री कार्यालयमा उद्योगीले धरौटीका रूपमा पहिलो किस्ता तिरेपछि लाइन जोड्ने र न्यायिक प्रक्रिया अघि बढाउने सहमति भएको थियो । त्यसपछि केही उद्योगीले धरौटी भन्दै पहिलो किस्ता तिरेका छन् । तर प्राधिकरणले भने किस्ताकै रूपमा बक्यौता बुझेको बताउँदै आएको छ । 

    यसमा द्विविधा भएपछि गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहमतिका आधारमा बक्यौता असुल गर्न सहजीकरणका लागि ऊर्जा मन्त्रालय र प्राधिकरणलाई पत्र पठाएको छ । 

    पहिलो किस्ता तिरेर लाइन जोडिएका उद्योगहरू 

    त्रिवेणी सिन्थेटिक : किस्ता १५ लाख ७१ हजार
    रिलायन्स स्पिनिङ मिल्स : २ करोड ७७ लाख 
    हुलास स्टिल : ५० लाख ४३ हजार 
    अशोक स्टिल : ६३ लाख पहिलो किस्ता 
    हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज : २० लाख ९० हजार 
    पञ्चकन्या प्लास्टिक : २४ लाख ६३ हजार बक्यौता
    पञ्चकन्या स्टील : ५२ लाख १९ हजार बक्यौता
    सिद्धार्थ पेटप्लान्ट : १ करोड ८३ लाख बक्यौता
    श्याम प्लास्टिक : ४९ लाख १० हजार बक्यौता
    सोनापुर मिनरल एन्ड आयल : ८६ लाख ३० हजार बक्यौता 
    हिमाल आइरन एन्ड स्टिल : १३ करोड ६५ लाख
    शिवम् सिमेन्ट : २ करोड ३८ लाख रुपैयाँ
    घराना फुड्स : ६७ लाख 
    गोयन्का फुड्स : ५२ लाख ७३ हजार 

    विद्युत काटिएका उद्योग र तिर्नुपर्ने बक्यौता रकम 

    जगदम्बा स्टिल : १ अर्ब ६० करोड १८ लाख
    घोराही सिमेन्ट : ५० करोड ८५ लाख
    अर्घाखाँची सिमेन्ट : ४४ करोड ८४ लाख
    त्रिवेणी स्पिनिङ मिल्स : ३२ करोड १० लाख
    जगदम्बा सिन्थेटिक : २० करोड ५० लाख
    कसमस सिमेन्ट : ९ करोड ७७ लाख
    निगाले सिमेन्ट : ५ करोड ८१ लाख
    विशाल सिमेन्ट इन्डस्ट्रिज : ३ करोड ३५ लाख
    बुटवल सिमेन्ट :  १८ करोड ४५ लाख
    एभरेस्ट पेपर मिल : ९ करोड ४४ लाख
    निगाले सिमेन्ट : ५ करोड ८९ लाख

    अदालतको अन्तरिम आदेशले रकम तिर्नबाट जोगिएका ६ उद्योग र बक्यौता रकम

    मारुती सिमेन्ट :  ५७ करोड ४५ लाख
    अरिहन्त मल्टिफाइबर : ११ करोड ५३ लाख
    युनाइटेड सिमेन्ट : ११ करोड ३७ लाख
    रघुपति जुट मिल : ८ करोड ५९ लाख
    अरिहन्त पोलिप्याक : ६ करोड ६२ लाख
    बाबा जुट मिल : २ करोड ४१ लाख ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट