images

Sep 29 2026 | २०८३, असोज १३ गते

२२ उद्योगले तिरे २३ करोड ८७ लाख विद्युत बक्यौता, ५ अर्ब ७० करोड उठ्न बाँकी

२२ उद्योगले तिरे २३ करोड ८७ लाख विद्युत बक्यौता, ५ अर्ब ७० करोड उठ्न बाँकी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २८ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २८ २०८२
  • २२ उद्योगले तिरे २३ करोड ८७ लाख विद्युत बक्यौता, ५ अर्ब ७० करोड उठ्न बाँकी

    काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले २२ वटा उद्योगबाट डेडिकेटेड तथा ट्रंकलाइन महसुल उठाएको छ । प्राधिकरणले ती उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको हो । 

    यो रकम असोज १२ गतेभन्दा अघि तिरेको पनि हो । असोज १२ भन्दा अघि उद्योगीहरूले २ करोड ४१ लाख ६८ हजार रुपैयाँ बक्यौता तिरेका थिए । त्यसपछि किस्ता निरन्तरता भुक्तानी बापत उद्योगीहरूले १८ करोड २० लाख ७ हजार रुपैयाँ भुक्तानी गरेका हुन् ।

    प्राधिकरणका अनुसार यी ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ डेडिकेटेड तथा ट्रंकलाइन महसुल थियो । उक्त महसुल उद्योगीहरूले तिर्न नमानेपछि प्राधिकरणले यही कात्तिक ४ गते लाइन काटिदिएको थियो । त्यसपछि २२ उद्योगीहरूले किस्ताबन्दीमा बक्यौता बुझाएपछि उद्योगमा लाइन जोडिएको छ । 
    डेडिकेटेड तथा ट्रकलाइनको महसुलबापत जगदम्बा स्टिलले ५ करोड ७२ लाख रुपैयाँ बक्यौता बुझाएको छ । यस उद्योगले एक अर्ब ६० करोड १८ लाख बक्यौता रहेको छ । नयाँ किस्ता तिरेपछि यस उद्योगको अझै १ अर्ब ५४ करोड रुपैयाँ बाँकी छ ।

    त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको कुल बक्यौता ७५ करोड ३६ लाख ८४ हजार रहेकोमा यस उद्योगले २ करोड ७५ लाख भुक्तानी गरेको छ। यो भुक्तानीपछि अब उद्योगको ७२ करोड ६१ लाख रुपैयाँ तिर्न बाँकी देखिन्छ । अन्य ठूला बक्यौता भएका उद्योगहरूमध्ये अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख बक्यौता रहेकोमा एक करोड ६० लाख रुपैयाँ तिरेको छ। यस उद्योगको अझै ४३ करोड २४ लाख रुपैयाँ बक्यौता बाँकी छ ।

    त्यस्तै, विशाल सिमेन्टले ११ लाख ९७ हजार बक्यौता बुझाएको छ भने घोराही सिमेन्टले एक करोड ८१ लाख रुपैयाँ तिरेको छ । शिवम् सिमेन्टले पनि २ करोड ३८ लाख रुपैयाँ बक्यौता बुझाएको प्राधिकरणले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट