images

Sep 29 2026 | २०८३, असोज १३ गते

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २ २०८२
  • वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ । वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन्। 

    पक्राउमध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रुपैयाँ र आशिषले ११ लाख ५० हजार रुपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ बाट आदर्शलाई आइतबार र आशिषलाई सोमबार पक्राउ गरेको हो।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट