Aug 11 2026 | २०८३, साउन २६ गते

१ सय ३१ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट दुईजना पक्राउ

१ सय ३१ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट दुईजना पक्राउ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २६ २०८२
  • १ सय ३१ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट दुईजना पक्राउ

    विराटनगर। विराटनगरबाट प्रहरीले १ सय ३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले बिहीबार विराटनगर महानगरपालिका–४ नोबेल अस्पताल नजिकबाट सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमध्ये हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । पक्राउ परेकाले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट